दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा वेड थप भएतापनि अक्सिजनको अभाव देखिएको छ । आज अस्पतालमा ३५ वेडबाट एक सय वेड क्षमताको बनाईएको छ । कोरोना संक्रमितहरुलाई उपचारमा थप व्यवस्थित गर्नका लागी वेड क्षमता बढाईएको तर अक्सिजनको अभावले गदौ सवै वेड सन्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भएका अधिकांसलाई अक्सिजन बिना राख्न सक्ने अवस्था नभएको हुदा अहिले अक्सिजनको आबश्यकता रहेको उहाले बताउनु भयो । खाली वेडमा विरामीलाई राख्ने अवस्था छैन । अहिले अस्पतालमा पचास वेड सम्म प्रयोगमा ल्याईएको छ । अक्सिजन प्रर्याप्त भएमा सवै वेड प्रयोगमा ल्याउन सकिने उहाले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४८ जना कोरोना संक्रमित उपचाररत छन् ।कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित बढेपछि आईसोलेसन र अक्सिजनको अभाव हुने गरेको छ ।