पार्किङ गरी राखेका भारतिय गाडी भित्र तीन बालक मृत भेटिएपछि गाडी मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी धनी तुलसीपुर उपमहानगरपालिका–६ शान्तिनगर निबासी यादव प्रसाद गैरे रहेको र उहालाई आबश्यक अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिनुभयो ।
चव०१अअ०८८५ नम्वरको भारतीय गाडी धनी गैरेलाई शनिवार साँझ नियन्त्रणमा लिईएको हो । गएको वर्ष ल्र्याइएको गाडी रुटप्रमिट नभएपछि पार्किङ गरी राखीएको बुझिएको छ । उक्त गाडी विगत चार महिना देखी विक्रिएको अवस्थामा रहेको पनि बुझिएको प्रहरीले बताएको छ ।
तुलसीपुर छ गाईडहर घर अगाडी पार्किङ गरि राखेको गाडीमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार शनिवार साँझ मृत फेला परेका थिए । घटनाको बारेमा नेपालगञ्जबाट आएको कुकुर सहित एक्सपट टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बालकको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।