२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

पाेखरेल फेरि मुख्यमन्त्री हुन पाउदैनन् : सांसद चाैधरी


लुम्बिनी प्रदेश नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताएका छन्।
मुख्यमन्त्री पोखरेलले आज राजीनामा दिएका थिए। उनले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिदिएका छन्। फेरि नेकपा एमालेले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको छ।
एमालेसँग ४१ सदस्य छन् जुन सरकार बनाउन बहुमत पुग्छ।
तर प्रतिपक्षी दल कांग्रेस सांसद चौधरी भने पोखरेल अब मुख्यमन्त्री हुन नपाउने तर्क गर्छन्।

‘अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उम्मेदवार बन्न पाउनु हुन्न,’ उनले सेतोपाटीसँग भने, ‘अब उहाँले अर्कै व्यक्तिलाई अगाडि सार्ने हो र त्यसको पनि हामीसँग औषधि छ।’