२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

वली माओवादीमा प्रवेश गरेसंगै पोखरेलको बहुमत गुम्यो

लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेसंगैशंकर पोखरेलको बहुमत गुमेको छ । दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभा निर्वाचित भएकी थिइन् । एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दावी गरेको थियो।
सांसद वलीले माओवादीले आफूलाई सांसदमा जिताएको भन्दै माआवादीमा प्रवेश गरेकी बताएकी छन् ।

अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली का‍ंग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।