तुलसीपुर ६ स्याउली बजार नजिकै पार्किङ गरिएको गाडिमा मृत अवस्थामा भेटिएका तीन बालकको दोषीलाई चाडो भन्दा चाडो कानुनी कारबाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।
नेपाल दलित मुक्ति अभियान लुम्बिनी प्रदेश कमिटी अध्यक्ष छवि परियार, नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेश कमिटी सचिव राधिका परियार र नेपाल दलित मुक्ति मोर्चा जिल्ला कमिटी दाङका संयोजक हिरालाल सुनार (सारथी) ले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कार्बाहीको माग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निवासी भिम बहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार ,सन्तोस परियारका छोरा ७ बर्षिय सुबर्ण परियार र किरण परियारका छोरा ७ बर्षिय छोरा करण परियार मृत अबस्थामा फेला परेका थिए । पार्किङ गरि राखेको आरजे सीसी ०८८५ नम्बरको गाडीमा शव फेला परेका थिए । उनीहरु वैशाख १६ गतेदेखि हराएको परिवारले वताएको छ ।