२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

बाँकेमा ३०५ जना कोरोना संक्रमित निको भएर घर फर्के

बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।

आइतबार बाँकेमा १४२ जना महिला र १६३ जना पुरुष गरि जम्मा ३०५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये १४ महिनाको बालक पनि रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

उता शनिबार बाँकेमा १११ वर्षिय वृद्धा महिला सहित १०६ महिला र १४४ पुरुष गरेर २५० जनाले कोरोना निको भइ डिस्चार्ज भएका थिए भने शुक्रबार र बिहीवार पनि क्रमशः २०५ जना र २४४ जना कोरोना निको भै डिस्चार्ज भएका थिए ।

बाँकेमा पछिल्ला केही दिन यता कोरोना संक्रमण मुक्त भएर घर फर्कनेहरुको संख्या समेत दैनिक आउन थाले पछि भने जिल्लाबासीमा केही राहतको महसुस भएको जानकार बताउने गर्छन् । नकारात्मक समाचार मात्रै पाएको बाँकेबासीले भने केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका डेटाहरु समेत हेर्न पाएका छन् ।