२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बाँकेमा २७ गते सम्म निषेधाज्ञा थपियाे

बाँके प्रशासनले थप एक हप्ताका लागि निषेधाज्ञालाई बढाएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई २७ गते राति १२ बजेसम्म बढाउने निर्णय गरेको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमण देखिएपछि सुरूमा स्थानीय प्रशासन नेपालगञ्ज उप–महानगरपालिकाले वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि उपमहानगरभित्रै निषेधाज्ञा लगाएको थियो ।