काेराेना भाइरस संक्रमणका कारण दाङमा थप एक जना शिक्षककाे मृत्यु भएकाे छ । काेराेनाका कारण बबई गाउँपालिका स्थित माेर्डन दिग्दर्शन बाेर्डिङ्ग स्कुल पञ्चकुलेका प्रिन्सिपल तथा बबई गाउँ शिक्षा समितिका सदस्य नरेश बाेहराकाे आज मृत्यु भएकाे हाे । काेराेनाका कारण शिक्षक बाेहराकाे मृत्यु भएकाे बबई गाउँपालिका शिक्षा शाखाले सामाजिक सञ्जालमा राखेकाे छ ।
हिजाे पनि शान्तिनगर ५ बाघढाेईका शिक्षक सञ्जित शाहकाे काेराेना कारण मृत्यु भएकाे थियाे ।