२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सल्यानमा साेलारको व्याट्री पड्किँदा दुई घर जलेर नष्ट

सल्यानमा सोलारको व्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको दार्मा गाउँपालिका ३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हो । सोमबार बिहान ११ बजेतिर चन्द्र बहादुर रोकाहाको घरमा रहेको सोलारको व्याट्री पड्किएको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ । आगलागीबाट दुवै घर जलेर नष्ट भएका छन् भने ३५ लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

आगलागिबाट घरबाट खाद्यन्न, लत्ताकपडा, नगद र सुन जलेर नष्ट भएको पिडितले बताएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दार्मा इन्चार्ज तेज बहादु बुढाले जानकारी दिए ।