दाङ्को तुलसीपुरमा एउटै कारभित्र मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम रिपोर्ट आएको छ।
पोष्टमार्टम रिपोर्टअनुसार तिनै जना बालकको शरीरमा कुनै पनि चोटपटक वा घाउ नरहेको देखिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले भने, ‘पोष्टमार्टम रिपोर्टले उनीहरूको कर्तव्य गरी हत्या भएको देखिदैन ।
दाङमा पोष्टमार्टम गर्ने विज्ञ विशषेज्ञ नभए पछि बुटवलबाट तुलसीपुर झिकाएर मृतक तीन बालकको पोष्टमार्टम गरिएको हो।
एसपी चन्दले माघ १ गतेदखि लक गरी पार्किङ गरेर राखिएको भनिएको कारभित्र ती बच्चा कसरी प्रवेश गरे भन्ने कुरा भने ‘रहस्यमय’ रहेको बताए।
पोष्टमार्टम रिपोर्टले मृतकहरूको शरीरमा कुनै पनि चोटपटक नरहेको भन्ने प्रारम्भिक जानकारी आए पनि अन्य कुन कारणले गर्दा उनीहरूको मृत्यु भएको हुन सक्छ भनेर विषयलाइ केलाउन सकिने चन्दले बताए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र वैशाख १८ गते बेलुका उनीहरू मृत अवस्थामा फेला परेका थिए।
ती तीन बालक तुलसीपुर-६ बरूवा गाउँका हुन्।