२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

तुलसीपुरका मजदुरलाई खाद्यन्न सहयोग

तुलसीपुर क्षेत्रका विभिन्न वडामा रहेका मजदुरहरुलाई खाद्यन्न सहयोग गरिएको छ । बिभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका मजुरहरुलाई लकडाउनको समयमा साझ बिहानको छाक टार्नसमेत मुस्किल परिरहेको बेला
तुलसीपुर वडा नं. ७ घर भई हाल दुबई रहेका उपेन्द्र पौडेलकोे पहलमा रुटिन अफ तुलसीपुर र आहा तुलसीपुर अभियानले खाद्यन्न सहयोग गरेकाे हाे ।
अभियानता निरज बस्याल, तुफान वलीहरुले मजदुरलाई सहयोग गर्नको लागि उपेन्द्र पौडेलले १० बोरा चामल उपलब्ध गराएका थिए र सोमबार निरज बस्याल, तुफान वलि, शुभम खड्काको नेतृत्वमा तुलसीपुरका बिभिन्न वडाहरुमा गएर अशक्त र गरिब मजदुरहरुलाई सहयोग बितरण गरेका गरिएकाे हाे ।

आरवटिविका संचालक बस्यालले आउने दिनहरुमा पनि सामाजिक काम गर्दै आउने बताए । अर्का अभियानता तुफान वलि र शुभम खड्काले पनि आउने दिनहरुमा दुखी गरिबलाई सहयोग गर्दै जाने बताए । उपेन्द्र पौडेलको सबै परिवारलाई आरवटिवि र आहा तुलसीपुर अभियानका सबै अभियानताले धन्यवाद दिएका थिए ।