बबई गाउँपालिकामा तयार पारेको आइसोलेसन तस्वीर : प्रेम राम्जा मगर
दाङका पालिकाहरुले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन तयार गरेतापनि अक्सिजनको अभाव देखिएको छ । दाङका १० वटै पालिकाले आइसोलेसन तयारीमा जुटेका छन् । पालिकाले तयार पारेका आइसोलेसनमा विरामीका लागि आवश्यक अक्सिजन पर्याप्त मात्रामा नभएको पाइएको छ ।
शान्तिनगर गाउँपालिकाले धनौरी स्वास्थ्य चौकीमा २० शैयाको आइसोलेसन तयार पारेको छ । २० शैयाको आइसोलेसन तयार भएपनि अक्सिजनको अभाव रहेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरी पुनले बताए । संयोजक पुनका अनुसार शान्तिगरले तयार पारेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा ६ जना कोरोनो संक्रमितको उपचार भइरहेको छ ।
बबई गाउँपालिको पनि ३० शैयाको आइसोलेसन तयार पारेको छ । बबई गाउँपालिका ४ मा रहेको प्रस्ताबिक हापुरे प्राथमिक अस्पतालमा ३० शैयाको आइसोलेसन तयार पारिएको बताइएको छ । गाउँपालिकाले कोरोना आइसोलेसन तयार पारे पनि अक्सिजन प्रयाप्त मात्रामा पाउन समस्या रहेको गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले बताए ।
दंगीशरण गाउँपालिकाकाले बागर स्वास्थ्य चौकीमा अहिले दश शैयाको आइसोलेसन सेन्टर तयार पारिएको छ । आइसोलेसन सेन्टर हाललाई ६ शैयाको अक्सिजन सहितको र पछि २० शैया सम्मको बनाउने योजना गाउँपालिकाले बनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले ५० शैयाको आईसोलेसन सेन्टर तयार पारिएको छ ।
घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गर्न सुरु गरेको नगर प्रमुख नरुलाल चौधरी बताए।
बंगलाचुली गाउँपालिकाले २० शैयाको आईसोलेसन तयार गरेको छ । लमही नगरपालिकाले कोरोना सङ्क्रमणको रोकथामका लागि ४० शैयाको आईसोलेसन तयार गरेको छ । गढवा गाउँपालिकाको २० शैयाको आइसोलेसन तयार पारेको छ ।
यस्तै राजपुर, राप्ती गाउँपालिकाले आईसोलेसन बनाउने तयारी गरीरहेको बताएका छन् ।
साथै देउखुरी क्षेत्रका चार स्थानिय तह लमही नगरपालिका , राजपुर, राप्ती र गढवा गाउँपालिकाको सयुक्त लगानीमा लमहीमा २५ शैयाको कोरोना विशेष अस्पताल सञ्चालन आएको छ ।
सबै पालिकाले आइसोलेसन तयार पारेका छन् भने अक्सिजनको अभाव देखिएको छ । अक्सिजन व्यवस्थापनमा जुटेको पालिकाहरुले बताएका छन् ।