२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप चारजना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर

कोरोना भाइरस सक्रमणबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप चारजना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके र कैलालीका दुई/दुई जना रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका – १० का ७० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । संक्रमण पुष्टिपछि उनी १५ गते भर्ना भएका थिए । उनको उपचारका क्रममा राती ११ः ४० बजे मृत्यु भएको हो ।
यस्तै बैजनाथ गाउँपालिका(५ का ६२ वर्षीया महिलाको पनि कोभिडबाट मृत्यु भएको छ । १९ गते संक्रमण पुष्टि भएकी ती महिला २० गते भर्ना भएकी थिइन् । उनको आज विहान ६ः ३० बजे मृत्यु भएको हो । योसँगै भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा १४१ पुगेको छ ।
यस्तै मेडिकल कलेजमै कैलालीका दुईजनाको पनि मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – १८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोभिड पुष्टिपछि उनी २० गते भर्ना भएका थिए । उनको आज विहान ४ः ३० बजे मृत्यु भएको हो ।
यस्तै कैलाली बर्दगोरिया – ६ का ८० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । कोभिड पुष्टिपछि उनी १५ गते अस्पताल भर्ना भएका थिए । उनको पनि उपचारकै क्रममा ११ः ५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाका मृतक संख्या १२५ पुगेको छ ।