२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

दाङ उबासंघद्धारा कोरोना विशेष अस्पताललाई ५० वटा अक्सिजन सिलिण्डर सहयोग

फाईल तस्वीर

दाङ उद्योग बाणिज्य संघले कोरोना विशेष अस्पताल बेलझुण्डिलाई ५० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमित विरामीको ज्यान जोखिममा परेको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको हो । दाङका अक्सिजनको अभावका केही विरामीको ज्यान पनि गइसकेको छ ।
अस्पतालमा अक्सिजन सिलिण्डर अभाब हुँदा समस्या हुने गरेको भन्दै अस्पताल व्यवस्थापनले सहयोग आह्वानको गर्दै आएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार अनुसार अहिले अस्पतालमा १८० अक्सिजन सिलिण्डर रहेका छन् । ५३ जना संक्रमित राखिएको छ ।

करिब पाँचसय सिलिण्डर आबश्यक पर्ने भएपनि अहिले जसोतसो १८० सिलिण्डरले नै काम चलाउनु परेको उनको भनाई छ । अहिले चिकित्सकसहित ६ जनाको मात्रै जनशक्ति भएकाले कर्मचारी भर्ना समेत गर्न थालिएको छ ।