२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

तुलसीपुरमा अक्सिजन सिलिण्डर सर्च अभियान

तुलसीपुरमा कोरोना संक्रमित गम्भिर विरामीहरुका लागी आवश्यक पर्ने अक्सिजन सिलिण्डर व्यवस्थापन गर्नका लागी अक्सिजन सिलिण्डर सर्च अभियान सुरू गरिएकाे छ । अहिले विभिन्न ठाउँमा गएर अक्सिजन सिलिण्डर
खोजी गर्ने कार्य भईरहेको अक्सिजन सिलिन्डर खोजि तथा ब्यबस्थापन समितीका संयोजक पदम प्रसाद पोख्रेल (जेठुकान्छु)ले जानकारी दिनुभयाे । तुलसीपुरको हेमन्तापुर क्रसर र ग्वारखोला क्रसर उद्योगबाट सिलिण्डर संकलन गरिएको छ । अक्सिजनको अभावले कुनै विरामीको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यका साथ तुलसीपुर उपमहानगरपालिकामा तुलसीपुर अक्सिजन बैंक सन्चालन गरिएको छ । साथै अक्सिजन व्यवस्थापनका लागी मेरो एक हजार रुपैया अभियान सन्चालन पनि गरिएकाे छ । यसमा सहयोग गर्ने ईच्छुक जो सुकैले पनि सहयोग गर्न सकिने संयोजक पोख्रेलले बताउनु भयो ।