२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

शान्तिनगरमा काेराेना संक्रमित ४ जना थपिए, ५ जनाकाे डिस्चार्ज

दाङकाे शान्तिनगर गाउँपलिकामा थप ४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । आज थपिएका ४ जना संगै शान्तिनगरमा सक्रिय संक्रमितकाे संख्या ४५ पुगेकाे स्वास्थ्य शाखा संयाेजक हरी पुनले जानकारी दिनुभयाे । संयाेजक पुनका अनुसार आज ५ जनाकाे डिस्चार्ज भएकाे छ भने शान्तिनगर गाउँपालिकाले संचालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आईसाेलेशनमा ६ जना भर्ना भएका छन् ।
पालिकामा एन्टजेनकाे अभाब भएकाेले हाललाई काेभिड काे परिक्षण स्थगित गरिएकाे छ । एन्टिजेन प्राप्त हुनासाथ परिक्षण पुन: सुचारू गरिने जनाइएकाे छ ।