नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएका छन्।
माओबादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य डाँगी माओवादी, नेपाली कांग्रेस, जनता समाजबादी पाटी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको दाबी गरेकी छन्।
‘अस्ति नै त्यो कुरा हामीले प्रदेश प्रमुखको कार्यालय घेराउ गर्ने क्रममा अमर डाँगी हाम्रो पक्षमा आएको अवगत गराएका थियौं, त्यही भएर हाम्रो पक्षका ४३ सदसयको हस्ताक्षर बुझाएका थियौं,’ शर्माले भनिन्, ‘तर, हाम्रो आवाज नसुनेर जोर जवरजस्ति अल्पमतमा रहेका शंकर पोखरेललाई सपथ ग्रहण गराउने अलोकतान्त्रिक र असंवैधानिक खेल भयो।’
शर्माले तीन दिन अगाडि नै एमालेबाट निर्वाचित डाँगीले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई समर्थन गर्दै आफूहरू सँगै मुख्यमन्त्रीको बिरोधमा धर्ना बसेको बताइन्।
याे समाचार सेताेपाटीमा नारायण खड्काले लेखेकाछन् ।