२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

तुलसीपुर नगर जेसिजद्धारा रक्तदान अभियान सुरु

तुलसीपुर नगर जेसिजले काेराेना जाेखिममा रगत अभाव हुन नदिन रक्तदान अभियान सुरु गरेको छ। तुलसीपुरमा कोरोना महामारीको याे विषमपरिस्थिमा अस्पतालमा रगत अभाव हुन नदिनका लागि रक्तदान अभियान सुरु गरिएको तुलसीपुर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण)ले जानकारी दिए ।

मंगलवार जेसिजका ८ जना पदाधिकारीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेर नेपाल रेडक्रसको समन्वयमा रक्तदान गरेका हुन । कुनैपनि बिरामीलाई रगतको अभाव हुनासाथ फोन सम्पर्क गरे तुरुन्तै जेसिजले आवश्यक रगत दानगर्ने ब्यबस्था मिलाउने अध्यक्षले भट्टराईले बताए ।
‘हामीले तुलसीपुरस्थित रक्तसञ्चार केन्द्रमा हाम्रा सबै साथीहरुको ब्लडग्रुप र फोन नम्बर समेत छोडेका छौं,’ उनले भने ‘ जस्लाई जतिबेला आवश्यक पर्छ हामी त्यति नै बेला उपस्थित भएर रगत दान गर्ने छौं।’मंगलबारको रक्तदान कार्यक्रम अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको थियो भने रक्तदान गर्नेहरुलाई कार्यक्रमका संयोजक जेसिजका उपाध्यक्ष शिव न्यौपानेले स्वागत गरेका थिए ।