२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

दाङमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु, २ घाइते

दाङमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मदनभण्डारी लोक मार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानबाट बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटना हुदा चालक घोराही उपमहानगरपालिका १३ बडहरा निबासी विष्णु गिरीको घटना स्थलमै मृत्युभएको हो ।घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का ३३ बर्षिय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षिय बसन्त भण्डारी रहेका छन् ।
रोल्पाबाट घोराही आउदै गरेको जिप गएराती साढे ९ बजे दुर्घटनामा परेको बताईएको छ ।
जंगलमा अड्कीएको अबस्थामा घाईतेहरुको प्रहरीले आज बिहान उद्धार गरि उपचारलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको छ । घाइतेहरुको टाउको, खुट्टा र हातमा गम्भिर चोट लागेको छ । जिप सडक देखी करिब ८ सय मिटर तल उर्लेकेनी भन्ने स्थानमा खसेको छ ।