काेराेना जाेखिमलाई मध्यनजर गर्दै काेराेना संक्रमित दाङका पत्रकारकाे उपचारका लागि स्थापना गरेकाे आइसाेलेशनमा आवश्यक खाद्यान्न सहयाेग युवा समाजसेवी नरेन्द्र पुनले गर्ने भएका छन् । दाङ जिल्ला फुटवल संघका महासचिव समेत रहेका समाजसेवी पुनले पत्रकार महासंघ दाङले आइसाेलेसन स्थापना गरेर राम्राे काम गरेकाे बताउदै आवश्यक खाद्यान्न सहयाेग गर्ने प्रतिबद्धता सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले पत्रकारलाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघ दाङको भवनमा अक्सीजनसहित ६ बेडको आइसोलेशन स्थापना गरेकाे छ ।