२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

रातकाे १ बजे अक्सिजन सिलिण्डर लिएर विरामीकाे घरमा

तुलसीपुरका पदम पाेखरेल (जेठुकान्छु) काेराेना संक्रमितकाे घरमै पुगेर अक्सिजन सिलिण्डर पुराउने काममा जुटेका छन् । काेराेना संक्रमित विरामीकाे अक्सिजनकाे अभावमा ज्यान नजाअाेस भन्ने उद्येश्यले अक्सिजन सिलिण्डर खाेजी कार्य र विरामी कहाँ सम्म पुर्याउने काम उनले गरिरहेका छन् । केहि दिन देखि उनी यहि काममा दिनरात व्यस्त छन् । यस सामाजिक कामलाई तुलसीपुर नगर जेसिजले पनि साथ दिएकाे छ । दिनरात अक्सिजन सिलिण्डरकाे खाेजी गरि काेराेना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने काममा जुटिरहेका छन् ।
रातकाे १ बजे विरामीकाे घरमा अक्सिजन सिलिण्डर पुर्याउदाकाे अनुभव तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) काे आफ्नै शब्दमा :

रातको ठिक १ बजेर ४ मिनेट गएको रहेछ , मेरो मोबाईलमा घण्टी बज्यो । प्रायः मैले आफ्नो मोबाईल साइलेन्स गरायर सुत्ने गर्थे तर केहि दिन देखि मोबाइल रिङटोनमै राख्ने गरेको छु । म नि करिब १२ बजे सम्म आफ्नै छोरी बिरामी भयर अस्पतालबाट घरमा लियर भर्खर निद्रामा परेको रैछु। पहिलो कल मिस भयछ दोस्रो फोनको कलमा मैले फोन उठाय हेल्लो म पदम दाइ भन्ने आवाज सुन्ने बित्तिकै झलस्स निद्रा खुल्यो अनि आवाज आयो भाइ म एक्लै छु यता वडा न . ७ कि एकजना बिरामी अक्सिजनको अभावले अन्तिम अवस्था छ मैले एक ठाउँ अक्सिजनको जोहो गरेको छु हजुर आउनुस दुइभाइ गयर लियर पुर्याइदिम बचाउन सकिन्छ कि भन्ने खबर गर्नुभयो, हुन्छ दाइ त भने तर घरमा करिब १ घन्टा अघिमात्रै हस्पिटलबाट आयको यति राती कहाँ जाने भन्ने कुरा थियो जुन स्वभाबिक नै थियो तर मनले मानेन मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्यको भन्ने जेसिज आस्थाले गर्दा तुल्सिपुर ९ तल्लो बेलुवाबाट पदम दाइ( जेठुकान्छु)( उहाँ जेसिज सल्लाहकार पनि हुनुहुन्छ ) जोहो गरेको अक्सिजन लियर बिरामीलाई पुर्याउने काम गरियो । आसा छ हाम्रो त्यो सहयोगले उहाँको जीवन बाच्न सकोस् । दिनमा मात्रै होईन रातमा समेत निद्रा नभनेर पदमदाइको त्यो मानवताको सेवा देखेर नतमस्तक हुन मन लाग्यो। सल्युट दाइ। हामि नि साथमा छौ है। सबैले सक्दो सहयोग गरौ जय जेसिज।