२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

आज बाँकेमा ७६ बर्षिय वृद्ध सहित २९३ जनाले कोरोना जिते

फाईल तस्वीर

बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।
बुधबार बाँकेका २९३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । जसमध्ये बैजनाथ गाउँपालिकाका ७६ बर्षिय वृद्ध समेत रहेका छन् ।
बाकेमा बुधबार १२३ महिला र १७० पुरुष गरि जम्मा २९३ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएको बाँकेका कोरोना गोकल पर्सन तेज ओलीले जनाएका छन् ।

त्यस्तै मंगलबार बाँकेमा ७१ वर्षका वृद्ध सहित ३४२ जना कोरोना संक्रमण निको भएर घर फर्किएका थिए ।
केहिदिन यता बाँकेमा दैनिक कोरोना संक्रमीत निको भइ डिस्चार्ज हुनेको संख्या दैनिक बढ्दै गएको छ ।