सांकेतिक तस्वीर ।
दाङको तुलसीपुरमा थप एक जना पत्रकारलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । तुलसीपुरमा रहेको एक सामुदायिक रेडियोका सम्पादक तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत रहनु भएका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य केहि समस्या आएपछि उहाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुगेर मंगलवार कोरोना परिक्षणका लागी नमुना स्वाव दिनु भएको थियो । बुधवार उहाँको रिपोट पोजेटिभ आएको हो । उहाँ अहिले होम आईसोलेनमा बस्नु भएको छ । यस अघि मंगलवार एक जना पत्रकारको घरपरिवारलाई कोरोना पुष्टि भएको छ ।