२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

कान्ति बाल अस्पतालमा एकै दिन पाँच बालबालिकामा कोरोना पुष्टि

 

कान्ति बाल अस्पतालमा बुधबार एकै दिन पाँच बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ। आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ।
गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ। एक सातायता दिनमा एक–दुईजनामा देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए। ‘सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ,’ उनले भने।

कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ। रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताए।