२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

कर तिर्ने म्याद थप्न उद्योग वाणिज्य महासंघको आग्रह


उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानी गर्ने समय थप्न सरकारसँग आग्रह गरेको छ।
कोभिड–१९ नयाँ भेरिएन्टको संक्रमण रोकथामका लागि मुलुकका झन्डै दुईतिहाइ भूभागमा निषेधाज्ञा जारी रहेका कारण म्याद थप्न महासंघले आग्रह गरेको हो।

महासंघले सम्बन्धित निकायमा पत्राचार गरी वर्तमान विषम परिस्थिति मनन गर्दै मूल्य अभिवृद्धि कर ९भ्याट० तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टीलगायत करका विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानी समय थप गरिदिन आग्रह गरेको हो।
कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारसमेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेको महासंघले जनाएको छ।

महासंघका अनुसार गत वर्ष भएको ‘लकडाउन’ पछि तङ्ग्रिन सुरु गरेको व्यापार–व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ। सार्वजनिक यातायात सञ्चालन नभएको लगायत कारण उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा छन्।

महामारी कति लामो समय जान्छ यसै भन्न नसकिने भन्दै सक्ने अवस्था छैन भन्दै महासंघले बन्दाबन्दीका कारण अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना–ठूला सबै तहका उद्योगी–व्यवसायी, कामदारलगायत सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थलाई समयमै मनन गरी सरकारबाट उचित नीतिसहितको सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।