२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

जन्मदिनमा युवा व्यवसायी केसीद्धारा अक्सिजन सिलिण्डर सहयोग

तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार परेको आफ्नो जन्मदिनमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा कोरोना महामारीलाई जित्न २२ थान अक्सिजन अक्सिजन सहयोग गरेका हुन् ।
केसीले ५० केजीका २२ थान सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन्। अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि नजाओस भनेर अक्सिजन सिलिण्डर सहयोग गरेको उनले बताए ।
सो अबसरमा मेयर पाण्डेले अहिलेको महामारीमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा भएकाले सबै एक ठाउमा उभिनु पर्ने बताए ।

त्यस्तै तुलसीपुरमा मृत भेटिएका तीन वालवालिकाको परिवारलाई नि पाँच हजार रुपैँया सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन् ।