२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

प्रतिष्ठानलाई ५० अक्सिजन सिलिण्डर प्रदान

घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ५० सिलिण्डर अक्सिजन सिलिण्डर प्रदान गरेको छ । उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर प्रदान गर्नु भएको हो ।
उपमहानगरपालिकाले अक्सिजन दिएपछि प्रतिष्ठानले २५ बेडको अक्सिजन सहितको आईसोलेशन थप गरेको निर्देशक बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा भरिएका र खाली गरी हाल १२० सिलिण्डर अक्सिजन ग्याँस छन् ।

घोराही उपमहानगरद्वारा प्रतिष्ठानलाई ५० सिलिण्डर अक्सिजन प्रदान, ५० बेड निर्माण हुदै
प्रतिष्ठानमा थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आई.सि.यु र भेन्टिलेर संचालन गर्ने तयारी गरिएको छ । कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय गरेकोमा पहिलो चरणको रकम उपलब्ध गराएको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामीको उपचार हुदैछ । हाल ५० बेड निर्माण भइरहेको अस्पतालमा अक्सिजनसहित र एचडियु बेड गरेर ३५ वटा चालु अबस्थामा रहनुका साथै बाकी बेड साधारण रहेको अस्पतालले जनाएको छ ।