दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डिमा तुलसीपुर उद्याेग बाणिज्य सघंले भिजिटरकक्ष निर्माण गर्ने भएको छ । बिरामीका कुरुवाहरु बस्ने ठाउ नभएर चर्को घाम र खुल्ला चौरमा बस्नु पर्ने बाध्यता रहेकाले यसकाे व्यवस्थापन गर्न भिजिटरकक्ष निर्माण गरिन लागेकाे हाे ।
अस्पतालका ब्यबस्थापक दोर्ण वलीको आग्रहमा पचास थान कुर्सि सहितको त्रिपाल लगाएर भिजिटर कक्ष निर्माण गर्न लागेको महासचिब बिनिल केसिले जानकारी दिनुभयो । बिहीबार बाणिज्य सघंको बसेको अनलाईन बैठक साे निर्णय गरेको हो ।
बैठकले दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले यस क्षेत्रका आम उद्याेगी ब्यबसायीहरुलाई सहजरुपमा उपचार गर्ने वातावरण मिलाउन दोघरेमा रहेको बाणिज्य संघको सभाहललाई आइसोलेसन स्थापना गर्ने निर्णय गरेकाे छ ।
यसैगरी बैठकले निजि क्षेत्रका ब्यबसायीहरु जस्तै दिनरात कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुलाई पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक पर्ने बित्तिकै सभाहललाई आइसोलेसनका लागि उपयोग गर्न स्थानिय तहलाई दिने निर्णय गरेको छ ।
त्यस्तै पुर्ब अध्यक्ष बिमल रिजालको पहलमा नेपाल उद्याेग बाणिज्य महासघंका पुर्ब अध्यक्ष पशुपति मुरार्का मार्फत सिलिण्डर सहितको अक्सिजन स्थानिय तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न लागेको ५० बेडको आईसाेलेसन सेण्टरमा सहयोग गर्ने निर्णय गरेको छ ।