२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित बिरामीको डायलाइसिस

बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित बिरामीको डायलाइसिस गरिएको छ । कोहलपुर–११ बाँकेका ६१ वर्षीय पुरुषको सफल डायलासिस गरिएको हो ।
डा. देवेन्द्र आचार्य, स्टाफ नर्सहरु मनिषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा। दिनेश श्रेष्ठले जानकारी दिए । विरामीको स्वास्थ्य सुधारोन्मुख रहेको मेडिकल कलेजले जनाएको छ ।
कोरोना संक्रमणको पहिलो लहरको बेलामा पनि नेपालगञ्ज मेडिकल कलेजमा ६ जना बिरामीको सफल डायलाइसिस गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस गर्ने पाँचवटा मेसिन छन् । तीमध्ये दुईवटा मेसिन कोरोना संक्रमित मिर्गौला पीडितका लागि छुट्टाइएको छ ।