दाङमा एक हप्ता लकडाउन थपिएको छ । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउदो जेठ १ गते सम्म लम्ब्याउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन कन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि गएको बैशाख १७ गते विहान छ बजेदेखी भोली शनिवार वेलुकी छ बजे सम्मका लागी लकडाउन गरिएको थियो ।