२०८० साउन १० गते बुधवार
२०८० साउन १० गते बुधवार

धनाैरी खानेपानीकाे प्यानल बाेर्ड जल्दा पानी अबरूद्ध

धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाे बिधुत मिटरकाे प्यानल बाेर्ड जल्दा आज विहान देखि पानी अबरूद्ध भएकाे छ । आज विहान २ बजे तिर आएकाे हावाहुरीकारण खानेपानीकाे बिधुत मिटरकाे प्यानल बाेर्ड जल्दा पानी अबरूद्ध भएकाे धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयाे । प्यानल बाेर्ड दाङमा नपाईने र नेपालगञ्जबाट लिनुपर्ने भएकाले समस्या भएकाे अध्यक्ष बस्नेतले जानकारी दिनुभयाे । बन्द समयमा नेपालगञ्ज जान नमिल्ने भएका ईलाकाकाे सिफारिस लिएर नेपालगञ्ज जाने तयारी गरेकाे उहाँले बताउनु भयाे । अध्यक्ष बस्नेतका अनुसार सकभर आज राती सम्म र नसके भाेली विहान सम्म प्यानल बाेर्ड जाडिने छ ।धनाैरी खानेपानी संस्थामा शान्तिनगर ५ रगैजा, बैशा, ढाेरेनी, बाघढाेई, रजघटुवा, कासीपुर, सानाे तुलसीपुर र शान्तिनगर ७ काे खैरेनी लगाय गरी करिब ५ सय भन्दा बढी उपभाेक्ता रहेका छन् ।