२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

शान्तिनगरमा थप ८ जनामा काेराेना पुष्टि, ८ जना डिस्चार्ज

दाङकाे शान्तिनगर गाउँपालिकामा थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ८ जनाकाे डिस्चार्ज भएकाे छ। आज पालिकामा गरिएकाे ७ जनाकाे एन्टिजेन परिक्षणमा ६ जना पाेजेटिभ र २ जनाकाे पिसिआर परिक्षण पाेजेटिभ भएसंगै ८ जनामा काराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य शाखा संयाेजक हरी पुनले जानकारी दिनुभयाे । आज थपिएका ८ जना संगै शान्तिनगरमा संक्रिय काेराेना संक्रमितकाे संख्या ६७ जना पुगेकाे छ । आज काेराेना संक्रमण पुष्टि भएका मध्ये ३ जनाकाे अबस्था असामान्य भएकाेले पालिकाकाे आईसालेशनमा राखिएकाे र अन्यकाे अबस्था सामान्य रहेकाेले सबैलाई चिकित्सककाे सम्पर्कमा रहन परामर्श गरि हाेम आईसाेलेशनमा पठाईएकाे स्वास्थ्य संयाेजक पुनले जानकारी दिनुभयाे । साथै शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । कुनै समस्या भएमा
मेडिकल अधिकृत डा.केशब के.सीकाे सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयाेजक हरि बहादुर पुनकाे नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएकाे छ । शान्तिनगर गाउँपालिकाले संचालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आइसाेलेसनमा ७ जनाकाे उपचार भइरहेकाे छ ।