गाउँ नजिकको शवदाह गृहमा काराेना संक्रमणबाट मृत्यु भएका शव जलाउन थालेपछि स्थानीय त्रसित हुन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका- ०७ स्थित रहेकाे रानिघाट खोलाको शबदाह स्थलमा पछिल्लाे सयम दिनहु काेराेना संक्रमितकाे शब जलाईदै आईरहेकाे छ । तुलसीपुर-घाेराही सडक खण्ड भन्दा करिब १०० मिटर टाढा भित्री सडक छेउमा मात्र रहेकाे उत्त शब गृहमा काेराेना संक्रमितका शब जलाईदै आएपछि स्थानियहरु त्रसित बनेका छन । गाँउ बस्तिको बिचौबिचमा रहेको उत्त सबदाह स्थल बाटाेकाे छेउमा भएकाले पनि बालबालिका लगायत दिनहु हजाराै पैदलयात्रीको त्हाकाे बाटाे भएर आवतजावत गर्ने गर्दछन । पटक पटक सबदाह स्थलको स्थानान्तरण गर्नुपर्छ भन्दै जनप्रतिनिधिलाई समेत जानकारी गराएकाे स्थानियहरुले बताए ।हामीले बारम्बार कुरा उठाउदा पनि हाम्राे सुनुवाइ भएन स्थानियको चिरञ्जीवी रेग्मीले भने । अहिले आफुहरु लगाएत त्हा छेउछाउमा बसाेबास गर्ने मात्रै नभएर त्यस बाटाेमा हिड्डुल गर्नेहरुलाई समेत काेराेनाकाे संक्रमणकाे जाेखिम रहेकाे उनले बताए ।
काेराेना संक्रमितकाे शब जलाईसके पछि शब ब्यवस्थापन टाेलीले पिपिई लगाएतका सामाग्रीहरु अब्यवस्थित रुपमा फालेर जाने गरेकाे आराेप समेत स्थानियहरुले लगाएका छन ।