२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

कोरोना संक्रमितको घरघरै अक्सिजन पुर्‍याउँदै मेचीनगर

झापाकाे मेचीनगर नगरपालिकाले होम आइसोलेसन रहेका कोरोना संक्रमितलाई औषधि र आवश्यकताअनुसार अक्सिजन सिलिन्डर पुर्‍याउने व्यवस्था मिलाएको छ।
वडा नम्बर ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ। त्यहाँ नबसी होम आइसोलेसनमा रहेका संक्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए।
‘होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन,’ ओझाले भने, ‘जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं।’
नगरपालिकाले १०० वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ। नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिई, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए।