२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

शान्तिनगरमा कोरोना सचेतना अभियान सञ्चालन गर्दै युवा समाजसेवी अधिकारी

दाङ शान्तिनगर गाउँपालिका वडा नं ६ का युवा समाजसेवी प्रदिप अधिकारीले कोरोना सचेतना अभियान सञ्चालन गर्न थालेका छन् । दोस्रो चरणमा फैलिएको कोरोना महामारी लक्षित सचेतना कार्यक्रम गर्न लागेको उनी बताउँछन् ।

यो महामारीको समयमा विरामी छटपटाई राखेको अवस्थामा आफू यतिकै बस्न नसकेर कोरोना सचेतना अभियान सञ्चालन गर्न लागेको अधिकारीले बताए । पहिलो चरणमा शान्तिनगर गाउँपालिकाका विभिन्न टोलमा पुगेर कोरोना सचेतना जगाउने, निशुल्क मास्क र सेनिटाईजर वितरण कार्यक्रम गर्ने उनले बताए। यस्तै दोस्रो चरणमा गाउँपालिकाले स्थापना गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा अक्सिजन सिलिण्डर उपलब्ध गर्ने कार्यक्रम तय भएको छ ।

अक्सिजन सिलिण्डर लगायत अन्य व्यवस्थापन गर्न आर्थिक आवश्यक पर्ने भएकाले सहयोगीदाताले सक्दो सहयोग गर्न आग्रह गरेका छन् । केही सहयोगीदाताले सहयोग रकम उपलब्ध गराउने क्रम जारी रहेको र केहिले उपलब्ध गराउने प्रतिबद्धता जनाएको अधिकारीको भनाई छ । कोरोना महामारीमा सबै एकजुट हुन समाजसेवी अधिकारीले सबैमा आग्रह गरेका छन् ।