२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

रातभर काम गरेर धनाैरी खानेपानीकाे पानी सुचारू

हावाहुरी र चत्याङका कारण विधुत प्यानल बोर्ड र माेटर जल्दा बन्द रहेकाे धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाे पानी सुचारू भएकाे छ । रातभर नयाँ विधुत प्यानल बोर्ड र माेटर जडान भएसंगै पानी सुचारू भएकाे हाे । उपभाेक्ताहरूकाे खानेपानीकाे समस्यालाई ध्यानमा रातभर काम गरेर पानी सञ्चालनमा ल्याएकाे धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुहाेला । नसुतेर भएपनि खानेपानीकाे काममा खटिने सम्पुर्णलाई अध्यक्ष बस्नेतले धन्यवाद दिनुभयाे । शुक्रबार विहान २ बजेतिर आएकाे हावाहुरी र चत्याङका कारण विधुत प्यानल र माेटर जलेकाे थियाे ।