२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

बबईकी २७ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सांकेतिक तस्बिर ।

दाङको बबई गाउँपालिकाकी एक २७ बर्षीया महिलाले पनि कोरोना जित्न सकिनन् । कोरोना कारण कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा उनको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ४ निवासी २७ बर्षीया महिलाको राती साढे १२ बजेतिर निधन भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए ।

अस्पतालका व्यबस्थापक ओलीका अनुसार ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । उनमा निमोनिया र स्वास्प्रश्वासमा समस्या थियो ।