२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

कोरोना बिशेष अस्पताल बेलझुण्डीमा थप १४२ अक्सिजन सिलिण्डर ल्याइयो

दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा थप १४२ अक्सिजन सिलिण्डर ल्याएको छ ।
आज विहान ४ वजे १४२ अक्सिजन सिलिण्डर ल्याइएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेशका स्वास्थ्य सचिब डा. विकास देवकोटाको पहलमा अस्पतालमा ल्याइएको हो ।

अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा संक्रमितलाई सहज सेवा प्रवाह गर्न सकिएको थिएन् । यस अघि अस्पतालमा करिब तीनसयको हाराहारामा मात्रै सिलिण्डर थिए । अहिले अस्पतालमा ७२ जना संक्रमितको उपचार भइरहेको छ । एकसय वेड भएपनि प्रयाप्त अक्सिजन नहुँदा ति बेड अनुसार संक्रमित राख्न सकिएको थिएन ।