२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

जनतालाई प्रभावकारी स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकारलाई राजनितिकदलहरूकाे माग

दाङका क्रियासिल राजनितिक दलहरूले जनतालाई प्रभावकारी स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकारलाई माग गरेका छन् । काेभिडकाे महामारी बढि रहेकाे बढिरहेकाे जिल्लामा क्रियासिल राजनितिकदलरूकाे संयुक्त बैठक बसी सर्वसाधारण जनतालाई काेभिड उपचारमा सहज गराउन लगायत विभिन्न माग सहितकाे निर्णय गरेकाे छ। नेपाली काँग्रेस दाङका सचिब शंकर डाँगी, नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम, नेकपा एमाले दाङका उपसचिब शुरामणी बेलवासे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रकाश विष्टसले बैठक पछि जारी गरेकाे विज्ञप्तीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई पूर्ण कोभिड अस्पताल बनाउन माग गरेका छन् । विज्ञप्तीमा प्रतिष्ठानमा गएको बर्ष नै आईसियु सञ्चालनकालागि उद्घाटन गरेको भएपनि अझै सञ्चालनमा आउन नसकेको भन्दै त्यसलाई सञ्चालन गर्न र आईसियु बेड थप गर्न पनि माग गरिएकाे छ ।
जिल्लामा कोरोनाको महामारी तिब्र रुपमा बढेको भन्दै सवै पालिकाले आईसियु बेड व्यबस्थापन गर्न, पीसीआर परीक्षणकालागि स्वाब संकलन गर्ने व्यबस्था मिलाउन, निःशुल्क पीसीआर टेष्टको व्यबस्थापन गर्न, जिल्लाका अस्पतालमा अक्सिजनको सहज आपूर्तिको व्यबस्था मिलाउन आग्रह गरिएकाे छ ।
साथै बैठकले कोरोना महामारीमा खट्ने सबैमा धन्यवाद दिनुकासाथै कार्यकर्तालाई पनि जनताको राहत र सेवामा खट्न अपिल गरेको छ ।