नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले देशमा काेराेना महामारीले जनता आक्रान्त भइरहेकाे बेलामा आज देशमा राजनितिक खेल भएकाे बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वास मतका लागि संसद चलाएका थिए तर प्रधामन्त्री ओेलीले विश्वास मत पाएनन् र पदमुक्त भए । संक्रमित विरामीले अक्सिजन नपाएर ज्यान गुमाएर रहेकाे अवस्थामा यस्ताे राजनितिक खेल खेल्न नहुने सचिव डाँगीकाे तर्क छ ।
आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्छन् सचिव डाँगी ……..
आज देशमा एउटा राजनीति खेल भयो। यो खेलमा स्वयं सरकार नै लाग्यो। कोरोना महामारीबाट जनता आक्रान्त भएको बेला सके सरकार आफैले नभए,सबै पक्षलाई एकत्रित गरि कोरोना बाट जनता बचाउन लाग्नु पर्थ्यो। कस्ले भनेको थियो ?वा कस्ले माग गरेको थियो ? यो महामारीको बेला संसद बाट विश्वास मत लिन ? यो बेला संसद चलायर अहिलेको राष्ट्रिय बिपत्तिका बारेमा छलफल गर्नु पर्थ्यो। यो बिपत्तिको समाधान राष्ट्रिय स्तरबाट, अन्तरास्ट्रिय स्तरबाट गर्न लाग्नु पर्थ्यो। तर बिडम्बना संसद त बोलाइयो मत माग्न। सुनिन्छ, देखिन्छ.. पक्षमा यति.. बिपक्षामा यति.. । अहिलेको आवश्यक यहि थियो ? कस्ले गर्यो यो अवस्था सिर्जना ? कोहि सुन्ने पक्षमा छैन। बिरामी अक्सिजनको सिलिन्डर,अस्पतालमा बेड ,एम्बुलेन्स,औषधिको लागि भौतारिनु परेको छ। घरमा, अस्पताल जादाजादै बाटोमा, अकाल हुनु परेको छ । अब जस्को नेतृत्वमा सरकार बन्ला,या बनाइयला पहिलो दाइत्वको रुपमा कोरना संकट बाट जनतालाई अकाल हुन बाट बचाउनु पर्यो। देश भएको, सरकार भएको,लोकतन्त्र, गणतन्त्र आएको महसुस गराउनु पर्यो। पहिला काम औषधि उपचारको सार्थक ब्यबस्था गर्नु होस।सबै नेतृत्व संग सादर बिन्ती /अनुरोध छ।
(गल्ती भए माफ पाउ)