२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

सामाजिक अभियन्ता रेग्मी पुगे नगद तथा खाद्यान्न सहित पीडित को घरमा

तुलसीपुर ७ का एक पिडित परिवारले नगद तथा खाद्यान्न सहयोग पाएका छन् । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ निबासि बाबू आमा गुमाएकि पिडित १२ बर्षिया ममता परियारको परिवारले विभिन्न व्यक्तित्वबाट नगद तथा खाद्यान्न सहयोग पाएका हुन् । गत वर्ष आफ्ना बुवा र अहिले आमा गुमाएकि ममता परिवारको घरमा अहिले दुई नाबालक अनि अशक्त हजुर बुवा मात्र भएकाले विभिन्न व्यक्तित्वबाट १३ हजार नगद तथा खाद्यान्न सहयोग पाएका हुन् ।

पिडित परिवारलाई तुलसीपुर ७ का वडा सदस्य राम बहादुर जिसिले ७ हजार, तुलसीपुर चेम्बर अफ कमर्सकि उपाध्यक्ष बेनु अधिकारी रेग्मीले २ हजार १ सय ५ रुपैया, र वडा नम्बर १७ का हिमालय इङलिस स्कुलका शिक्षक दीपक बस्नेत, वडा नम्बर ७ का रमेश रेग्मी, खिम बहादुर थापा र छवि न्यौपानेले एक/एक हजार सहयोग गर्नुभएको हो । यस्तै तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ घर भई हाल दुबैमा रहनुभएका समाजसेबी उपेन्द्र पौडेलको तर्फबाट २ बोरा चामल र युबा ब्यबसायी दिपेन्द्र न्यौपानेको तर्फबाट १ बोरा चामल सहयोग प्राप्त भएको छ । युबा सामाजिक अभियन्ता चिरञ्जीवी रेग्मी र पिडित परियारको परिवारले सम्पुणर् सहयोगी मनहरुमा धन्यबाद ज्ञापन गर्नु भएको छ ।