२०८० साउन १४ गते आइतवार
२०८० साउन १४ गते आइतवार

शान्तिनगरको आइसोलेसनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन

तस्वीर : हरी पुन (स्वास्थ्य संयोजक)

दाङको शान्तिनगर गाउँपालिकाले संचालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा अक्सिजनको अभावमा एउटै अक्सिजन सिलिण्डरबाट दुई जनालाई दिनुपर्ने बाध्यता सिर्जना भएको छ । आइसोलेसनमा संक्रमित विरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लोमिटरबाट दुई जनालाई अक्सिजन दिइरहेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरी पुनले बताउनुभयो । ‘आइसोलेसनमा संक्रमित विरामीको चाप धेरै तर अक्सिजनको अभाव छ’, संयोजक पुनले भन्नुभयो, ‘विरामीको ज्यान जोगाउन भएपनि यस्तो उपाय अपनाएका हौं’। एउटा अक्सिजन सिलिण्डरबाट एक जनालाई मात्र अक्सिजन दिने व्यवस्था पनि अक्सिजनको अभाव भएको हुँदा विरामी नाप्ने आलालाई मिलाएर दुई जनालाई अक्सिजन दिने व्यवस्था मिलाएको संयोजन पुनले बताउनुभयो । संक्रमित विरामी छटपटाएर मर्नु भन्दा अलि अलि भएपनि दुई जनाले अक्सिजन पाउन भन्ने सोच साथ दिमाग लगाएर यस्तो व्यवस्था मिलाएको उहाँको भनाई छ ।

आइसोलेसनमा अक्सिजनको अभाव भएको समयमा झन अक्सिजन सिलिण्डर रिफिलको पनि समस्या देखिएको छ । तुलसीपुरमा रहेको एक मात्र अक्सिजन सिलिण्डर रिफिल गर्ने सप्लायर्सले रिफिल नगर्ने जनाएको बताइएको छ । स्थानीय तहलाई अक्सिजन सिलिण्डर रिफिल नगरी दिने र समन्वय गरेर आए मात्र रिफिल गर्ने भनेकाले झन समस्या उत्पन्न भएको संयोजक पुनले बताउनुभयो ।
२०७८ बैशाख १ गते देखि हाल सम्म शान्तिनगर गाउँपलिकामा ११४ जना संक्रमित भएका छन् । ४४ जना पिसिआर र ७० जना एन्टिजेन विधिबाट परिक्षणमा ११४ जना कोरोना संक्रमित भएका हुन् । हाल ८२ जना संक्रिय संक्रमित रहेका छन् भने शान्तिनगर ३ जनाको मृत्यु र ३३ निको भई घर फर्केका छन् ।