२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा विधुतिय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ नयाँ बस्ती निवासी ४५ बर्षीय टेक बहादुर गन्धर्व रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई सोमवार साँझ ५ बजेतिर करेन्ट लागेको हो । आफ्नै घरको बारीमा काम गर्ने क्रममा करेन्ट लागी गन्धर्व घाईते भएका थिए । उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भएता पनि डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।