२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

काठ बैंक तथा घाट व्यवस्थापन अभियानलाई २ लाख बढि सहयाेग

 

कोरोना माहामारीवाट मृत्यु भएकाको शब दाहसंस्कारमा देखिएको समस्यालाई समाधान गर्न थालिएको काठ बैंक तथा घाट व्यवस्थापन अभियानलाई आज मंगलवार पनि सहयोग आउने क्रम जारी रहेको छ ।

अभियानलाई हाल सम्म २ लाख ७ हजार २ सय ६३ नगद सहयोग प्रदान भएको छ । कोरोना वाट मृत्यु भएकाको शब दाहसंस्कार गर्न समस्या भए पछि थालिएको काठ वैंक तथा घाट व्यवस्थापन समितिलाई जिन्सिमा काठ सहयोग प्रदान पनि भएको समितिका अध्यक्ष देविराम कुसारीले जानकारी दिए ।

अभियानलाई तुलसीपुरमा रहेको तुल्सी वाल अस्पतालका वाल रोग विशषज्ञ डाक्टर किसोर खत्री र उहाँकी धर्म पत्नि एंव अस्पतालकी कार्यकारी निर्देशक कमला वस्नेतले सयुक्त रुपमा आमाको सम्मान स्वरुप २५ हजार नगत प्रदान गरेका छन् । त्यसैगरी अभियानलाई मानविय सहायता नेपालले १५ हजार नगद प्रदान गरेको छ । त्यसैगरी युथ्स अफ तुलसीपुरले १० हजार सहयोग प्रदान गरेको छ । अध्यक्ष वसन्त गिरी, सल्लाहाकार अरुण लहरे, कोषाध्यक्ष भुपेन्द्र खड्का, सदस्य शुविल श्रेष्ठ लगाएको समुहले स्थलमै आएर १० हजारको चेक प्रदान गरेको हो । त्यसैगरी अभियानलाई तुलसीपुर ६ निवासी सञ्चारकर्मी हेमप्रकास वलीले नगद ४ हजार १० रुपैयाँ, ललितपुर जिल्ला, हरिशिद्धुी घर भई हाल नागरिक आवाज ललितपुरको बरिष्ठ कार्यक्रम अधिकृतमा कार्यरत शिखा भट्टराईले नगद ५ हजार, सहयोग प्रदान गर्नुभएको छ । चितवन घर भई हाल नागरिक आवाज ललितपुरमा कार्यक्रम अधिकृतमा कार्यरत निशा थापा २ हजार ५ सय घोराहीका आश्था पाण्डे र अच्युत पाण्डेले आमाको सम्मान स्वरुप १ हजार ८ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

घोराहीका चित्रबहादुर विष्टले २ हजार १ सय २१, बैतडी घर भई हाल तुलसीपुरमा रहेका विष्णुदत्त भट्टले १ हजार २५ नगद प्रदान गर्नुभएको छ समितिका कोषाध्यक्ष हरिप्रशाद बुढाथोकीले जानकारी दिए ।

शब दाहसंस्कार गर्न काठ जम्मा गर्ने उदेश्यले थालिएको अभियानमा तुलसीपुरका पुराना पत्रकार पुर्णचन्द्र धितालले नगत २ हजार ५ सय, जिपी कोइराला अध्यन केन्द्र पश्चिम रुकुमका नवराज वलीले ५ हजार दिएका छन् । अभियानलाई तुलसीपुर १२ घर भई हाल अमेरिका वस्ने चित्र बहादुर चौधरी ले ११ हजार ५, तुलसीपुर ५ निवासी तुलसीपुर उद्योग वाणिज्य संघका महासचिब बिनिल केसीले ३ हजार १ सय, तुलसीपुर ५ निवासी आहा अभियानका अभियन्ता तथा डि।के टेडर्श का प्रोप्राइटर दिनेश केसीले २ हजार ५ सय २५, तुलसीपुर ७ निवासी निसम एन्ड अनुजा फेन्सी पसलका प्रोप्राइटर गगम बुढाथोकी ले २ हजार १ सय १५, गैंडाकोट ५ निवासी आदर्श एग्रो एन्ड प्लानटेसन चितवनका मार्केटिङ म्यानेजर अमृत सिग्देलले ५ हजार, दैलेख निवासी एगृहब नेपाल कृषि फर्म नवलपरासी का संचालक अटल भट्टले १ हजार ५, तुलसीपुर ११ पृगाउ निवासी तुलसीपुर सिटि हस्पिटलका म्यानेजिङ डाइरेकटर गणेश बस्नेतले २ हजार ५ सय ५, घोराही १३ सेवार निवासी समाजसेवी तथा सामाजिक अभियन्ता सुशील भारतीले २हजार एक सय ५ नगद प्रदान गरेका छन् ।

आरएन कन्ट्रक्सनका तुलसीपुर १० का सञ्चालक नविन कवर र रञ्ति न्यौपानेले १० हजार ५, तुलसीपुर १२ का समाजसेवि टेकबहादुर डागीले ६ हजार ५, न्यु रेग्मि इन्टरप्राइजेज, सेवा हार्डवएर एण्ड सप्लाएर, ए एम हार्डवएरका सञ्चालक बसन्त रेग्मी, नवराज रग्मी, गिमानन्द डागीले सयुक्त रुपमा ५ हजार ५ रुपैयाँ, तुलसिपुर १२ का शुमन वस्नेतले ७ हजार ३ रुपैया, घोराही १३ का प्रकास गौतम, हरिप्रसाद गौतम, शन्ध्या शर्मा वाट २ हजार ७ सय २७ रुपैया, तुलसीपुर १२ का प्रतिमा रिजालले १ हजार १ सय रुपैया, तुलसीपुर ६ का सञ्चार उद्यमी दिपु गिरी र ज्यौती गिरीले ५ हजार ५ रुपैया सहयोग प्रदान भएको सचिब हेमराज डागीले जानकारी दिए ।

त्यसैगरी तुलसीपुर-१३ निवासी समाजसेवी, नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सदस्य हरिहर पौडेलले १ हजार १ सय ११ रुपैयाँ, तुलसीपुर १२ कचिला हाल काठमाडौं मा व्यवसाय गर्दै आइरहनु भएका युवा व्यवसायी, सन्जिव गिरिले २ हजार ५०, तुलसीपुर ११ उरहरी निवासी युवा प्रकाश न्युपानेले आफ्नी आमा उमा न्युपाने को सम्मान स्वरूप १ हजार १५, तुलसीपुर –१२ कचिला निवासी हाल बुटवलको नोभा जेनेटिक प्रा।लि मा कार्यरत समाजसेवी सन्जोग गिरि ले रु २५०५–र तुलसीपुर –१२ कचिला निवासी सबैको लघुवित्त वित्तीय सस्था उरहरिका शाखा प्रमुख समाजसेवी भोला गिरि तथा उहाकी धर्मपत्नी बिना गिरि ले ११०५–र , तुलसीपुर –१३ बखरिया निवासी शुसन इलेक्ट्रो सप्लायर्श का प्रोप्राइटर युवा व्यवसायी समाजसेवि शरद पाणडे ले रु ११०५–र ,तुलसीपुर –१२ हेमनगर निवासी हाल रोजगारीका सिलसिलामा साउदी अरबमा बस्दै आइरहनु भएका समाजसेवी पोषणराज डाँगि ले रु ५०००–र , तुलसीपुर उपमहानगरपालिका –१२ निवासी दङिसरन गाउँपालिकाको आन्तरिक लेखा परिक्षण शाखाका शाखा प्रमुख, समाजसेवी समीर गौतम ले रु १५५५– र तुलसीपुर –१२ कचिला निवासी हाल काठमाडौं मा बैंक अफ काठमाडौं मा कार्यरत समाजसेवी कविराज गिरि ले रु ३१०१ –र सहयोग गर्नु भएको समितिका सह–सचिव सुशिल गिरीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका –११, जस्पुर निबासी हाल जापानमा अध्यन गर्दै आइरहनु भएका युवा मिलन खत्रीले ४,७८८, त्यसैगरी तुलसीपुरका समाजसेवी घनश्याम सापकोटाले ४ हजार ५, दंगिसरण ६ बागर निवासी अन्तर्राष्ट्रिय कराते खेलाडी एस। एन चौधरीले २ हजार १ सय २१, तुलसीपुर उपमहानगरपालिका ११ उरहरी घर भई हाल दक्षिण कोरिया बस्दै आउनु भएका पत्रकार, बामदेव देवकोटाले २ हजार १ सय नगद प्रदान गर्नुभएको समितिका बरिष्ठ सदस्य शिशिर रावतले जानकारी दिए ।

त्यसैगरी अभियानलाई काठ सहयोग पनि भएको छ । काठ संकलनका लागि मानविय सहायता नेपालका स्वयम सेवक तुलसीपुर १३ मन रतन खड्का, दंगिशरणका डिवि खड्का, डिलबहादुर केसी, अम्मर केसी, निर्माला बुढाथोकी, विमला केसीले काठ संकलनमा सहयोग गर्नुभएको छ सल्लाहकार पुष्प गिरीले जानकारी दिए ।

नेविसंघ राप्ति बबई का सभापति बसन्त बस्नेतको नेतृत्वमा नेविसंघ, तुलसीपुर ६ का सिताराम शर्मा, १० का प्रह्लाद शाह, १३ का अनिश रेग्मी, पुस्कर खत्री, ११ श्रीधर बुढाथोकी, सुरेन्द्र बुढाथोकी, ११ जलन खड्का, तुलसीपुरको शिद्धुीविनायाक फर्निचर, ११ नवराज केसी, ११ कै पुर्णबहादुर भण्डारी, ढाटु चौधरी, पुष्कर केसी, कृष्ण देवकोटा, १३ का पुष्कर खत्री, १२ का जनक केसी, दंगिसरण २ का भुवन कुुसारी, विवेक केसी, भरत केसी लगाएतले काठ दान गर्नुभएको समितिका आत्माराम घिमिरेले जानकारी दिए । अभियानलाई सहयोग गरि विपदीमा मानवता कायम गर्न समितिका सल्लाकार चिन्ताबहादुर गिरीले आग्रह गरेका छन् ।