२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

राज्यले समन्वय गरे काेराेना संक्रमितकाे उपचार गर्न तयार : निजि अस्पताल

सांकेतिक तस्वीर ।

दाङका निजि अस्पतालले काेराेना संक्रमित विरामीकाे उपचार गर्न तयार रहेकाे बताएका छन् । दोस्रो चरणको कोरोना महामारीको बेला दाङका नीजि अस्पतालहरुले राज्यले समन्वय गरे काेराेना संक्रमित विरामीकाे उपचारमा सहयाेग गर्न तयार रहेकाे निजि अस्पतालकाे भनाई रहेकाे छ ।
अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागि छुट्टै बेडहरु ब्यवस्थापनको तयारी गरेको भएता पनि अक्सिजनको अभावले गर्दा समस्या भएको बताएका छन् । कोरोना महामारीकाे महाविपत्तिमा निजि अस्पतालले पनि संक्रमितकाे उपचार सहयाेग गर्नुपर्छ यसका लागि राज्यले समन्वय गर्न आवश्यक रहेकाे दाङको घोराहीमा रहेको गोर्खा पब्लिक हस्पिटल प्रालिका डा. जनार्दन पन्थीले बताए ।
तुलसीपुरमा रहेको तुलसीपुर सिटी हस्पिटल प्रालिले ५ वटा बेडहरु छुट्टै ब्यवस्था गरेको अस्पतालका प्रबन्ध निर्देशक हेमराज बस्नेतले बताए । उनले तुलसीपुरका केही नीजि अस्पतालहरुले करिब ५० बेडको कोरोना संक्रमितहरुको उपचारका लागि बनाउने योजना रहेको भएता पनि अक्सिजन अभावले गर्दा समस्या भएको बताए । त्यस्तै तुलसीपुरमा रहेको राप्ती लाइफ हस्पिटल प्रालिले पनि अहिले अस्पतालमा आउने कुनै पनि विरामीहरुलाई उपचार नगरी फिर्ता नपठाउने गरेको जनाएको छ । अस्पताल अहिले ५५ बेडमा संचालन हुदै आएको छ । तर, अस्पतालमा अक्सिजनको अभावले गर्दा समस्या भइरहेको अस्पतालका प्रबन्धक जीवन भण्डारीले बताए ।