२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङमा असिना पानीले तरकारीमा क्षति

दाङमा परेकाे असिना पानीले तरकारीमा क्षति पुर्याएकाे छ । ठूलो मात्रामा परेको असिना पानीले बबई ७ झारगजेरीमा उत्पादन गरेकाे तरकारी खेती नष्ट गरेकाे बताइएकाे छ ।

करिब ९ बिगाह क्षेत्रफलमा झारगजेरीमा उत्पादन गरेकाे तरकारी नष्ट गरेकाे टाेप वहादुर चाैधरीले जानकारी दिनुहाेला भयाे । किसानले उत्पादन गरेका करेला,लौका,भिन्डी,काक्रा,भान्टा,बोडि,स्कुस,मकै लगायतका तरकारी खेती असिनाले क्षति गरी नष्ट पारेकाे चाैधरीले बताउनुभयाे । असिनाले दुखगरी उत्पादन गरेकाे तरकारी नष्ट पारेपछि अहिले किसान चिन्तित भएका छन् ।