२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

‘राजनिति पछि गरौंला, अहिले कोभिड – १९ माहामारी नियन्त्रणमा लागौं’ : नेता गिरी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले जनता कोरोना महामारीमा अक्सिजनको अभावमा छटपटाई रहेको अवस्था राजनिति खेल भन्दा समस्या समाधानमा लाग्न आग्रह गरेका छन् । दाङ लगायत देशभर कोभिड कारण जनता आक्रान्त भइरहेको भन्दै सहज स्वास्थ्य सुविधा लागि सरकार समक्ष माग गरेका छन् । नेता गिरीले आज एक  विज्ञप्ति जारी गरी दाङ, बाँके, वर्दिया, सुर्खेत, रुपन्देही, विरगञ्ज, कैलाली लगायत देशभरका अस्पतालमा अक्सिजन अभावका कारण संक्रमित विरामीको ज्यान गइरहेको समयमा सरकार आफ्नो सत्ता जोगाउने खेलमा लागेको बताएका छन ।

मानव स्वास्थ्य जस्तो गम्भीर सवालमा सम्पूर्ण राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभ्याउनुपर्ने वेला सरकार नै आम जनताको जीउ धनको सुरक्षाप्रति उदासिन हुँनु र यस्तो विकराल अवस्थामा जनताको आत्मवल वढाउँनुको साटो सरकारका मन्त्रीहरू नै गैरजिम्मेवार तवरले अभिव्यक्ति दिंदै हिड्नु पक्कै पनि लोकतन्त्रिक शासन व्यवस्था भएको मुलुकका लागि चरम लज्जाको विषय हो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘मुलुक यतिवेला कोरोना भाइरस (कोभिड – १९) माहामारीकारण जनजीवन अस्तव्यस्त भईरहेको वेला महंगी, कालोवजारी र भ्रष्टाचारले मुलुक आक्रान्त छ । अर्थ व्यवस्थाको सूचाङ्क कहाली लाग्दो छ । उद्योग, कलकारखानाहरू वन्द हुनुका साथै कैयौँ व्यापारीहरू पलायन भएको अवस्था छ’ । विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालहरूमा वेड तथा अक्सिजनको अभावका कारण नागरिकहरू अकालमा मृत्यूवरण गर्न वाध्य हुनु परिरहेको कारूणिक अवस्था छ । न्यूनतम् उपचार सुविधाको अभावमा आमजनता अस्पतालको सिडि, वरण्डामा छट्पटाइरहेका छन् । यस्तो विकराल अवस्थामा केपी ओलीको सरकार भने जनताको जीऊ(धनको सुरक्षामा केन्द्रित नभईँ, सत्तामा रजाइँ गर्ने दाउपेचको फोहरी खेलमा चुर्लुम्म डुवेको छ ।’

यस्तो छ, विज्ञप्ति

२९ बैशाख, २०७८ हार्दिक अपिल

मुलुक यतिवेला कोरोना भाइरस (कोभिड- १९) माहामारीको चपेटमा छ। कोभिड – १९ का कारण जनजीवन अस्तव्यस्त भईरहेको वेला महंगी, कालोवजारी र भ्रष्टाचारले मुलुक आक्रान्त छ। अर्थ व्यवस्थाको सूचाङ्क कहाली लाग्दो छ । उद्योग, कलकारखानाहरू वन्द हुनुका साथै कैयौँ व्यापारीहरू पलायन भएको अवस्था छ । अस्पतालहरूमा वेड तथा अक्सिजनको अभावका कारण नागरिकहरू अकालमा मृत्यूवरण गर्न वाध्य हुनु परिरहेको कारूणिक अवस्था छ । न्यूनतम् उपचार सुविधाको अभावमा आमजनता अस्पतालको सिडि, वरण्डामा छट्पटाइरहेका छन् । यस्तो विकराल अवस्थामा सरकार भने जनताको जीऊ-धनको सुरक्षामा केन्द्रित नभईँ, सत्तामा रजाइँ गर्ने दाउपेचको फोहरी खेलमा चुर्लुम्म डुवेको छ । आम नेपाली जनताले वर्तमान केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई पूर्ण वहुमत सहित आगामी पाँच वर्षका लागि राज्य सञ्चालनको म्याण्डेट दिएका हुन् । तर पाँच वर्ष पुग्दा-नपुग्दै आफ्नै पार्टी भित्रको आन्तरिक कलहको कारण देखाउँदै नाटकीय ढङ्गबाट विभिन्न प्रकारका अराजनीतिक चालवाजी शुरु गरिएको छ । मुलुकलाई समृद्धिको बाटो तर्फ अघि वढाउनुपर्ने महत्वपूर्ण समयमा सत्ता दाउपेचमा रुमल्लिनु नेपाली जनताको समृद्धि सपनालाई आघात पार्नु हो । तसर्थ, विभिन्न वहानामा आम जनताका दैनिक समस्यासँग खेलवाड गर्न अब छुट छैन । मानव स्वास्थ्य जस्तो गम्भीर सवालमा सम्पूर्ण राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभ्याउनुपर्ने वेला सरकार नै आम जनताको जीउ-धनको सुरक्षाप्रति उदासिन हुँनु र यस्तो विकराल अवस्थामा जनताको आत्मवल वढाउँनुको साटो सरकारका मन्त्रीहरू नै गैरजिम्मेवार तवरले अभिव्यक्ति दिंदै हिड्नु पक्कै पनि लोकतन्त्रिक शासन व्यवस्था भएको मुलुकका लागि चरम लज्जाको विषय हो ! कोभिड – १९ बाट अति प्रभावित जिल्लाहरू: दाङ, बाँके, वर्दिया, सुर्खेत, रुपन्देही, विरगञ्ज, कैलाली तथा काठमाडौँमा पनि अक्सिजनको चरम अभावलाई दृष्टिगत गरी यथासक्य आवश्यक मात्रामा अक्सिजनको उपलव्धता, आइसीयू सहितका वेड क्षमतामा वृद्धि तथा आवश्यक मात्रामा आइसोलेसन सेन्टरहरू स्थापनामा तत्काल ध्यान दिन म संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गर्दछु । कोभिड -१९ को यो दोस्रो लहर वालवालिकाका लागि अझ घातक भएको भन्ने चिकित्सकहरूको भनाई मध्यनजर गर्दै वालवालिका लागि काठमाण्डौँमा सिमित वेडहरू बाहेक अन्य जिल्लाहरूमा उपयुक्त सुविधायुक्त वेडको अभाव रहेकाले त्यसतर्फ पनि गम्भीर हुनका लागि म सरकारको ध्यानाकर्षण गर्दछु । राजनीति त गर्दै गरौँला, तर कोभिड – १९ को यो विकराल अवस्थामा पहिला त आम जनताको स्वास्थ्यको वारेमा गम्भीर हुन अत्यावश्यक छ । कोभिड – १९ विरूद्धको लडाईँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं ! पार्टीको एक जिम्मेवार सिपाहीको हैसिएतले यो विकराल अवस्थामा कोभिड – १९ वा अन्य रोगबाट पिडितहरूलाई अस्पतालमा भर्ना गर्न लगायत अन्य सेवामा म अहोरात्र क्रियाशिल रहेको छु। अप्ठ्यारोमा जनताको सेवामा समर्पित हुनुलाई मैले मेरो परम कर्तव्यकै रूपमा लिएको छु । म प्रतिको जनअपेक्षालाई पुरा गर्ने गरी यो महामारीमा कटिवद्ध भएर अघि वढ्ने विश्वास पनि दिलाउछु । साथै दाङ, बाँके, वर्दिया तथा रुपन्देही, कैलाली लगायतका पश्चिमका जिल्लाहरूमा देखिएको अक्सिजनको चरम अभावको अवस्थालाई समाधान गर्ने सवालमा विभिन्न निकायहरूसँगको छलफल, अनुरोध जारी रहेको पनि जानकारी गराउँदछु । आम दाजुभाइ तथा दिदीबहिनीको स्वास्थ्य रक्षाका लागि प्रदेश तथा स्थानीय सरकारका सकारात्मक कृयाकलापमा साथमा रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु । साथै, बर्तमान सरकारको चरम उपेक्षाका वावजुत जनताको स्वास्थ्य सुरक्षामा अहोरात्र समर्पित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ! अन्तमा: कोभिड -१९ बाट अकालमा मृत्यूवरण गर्नुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै घरमै रहेर कोरोना विरुद्धको लडाईँमा सहयोग गर्नु हुन सम्पूर्ण देशवासी र कोभिड- १९ बाट वढि प्रभावित मेरो गृह जिल्ला दाङ र छिमेकि जिल्लाहरू बाँके, वर्दिया, रुपन्देही, सुर्खेत र कैलालीवासीमा हार्दिक अपिल गर्दछु । 

जय नेपाल !!

दीपक गिरी केन्द्रीय सदस्य, नेपाली काँग्रेस/ संविधानसभा सदस्य एवम् पूर्वमन्त्री