२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

शान्तिनगरमा आज ८ जना निको भई घर फर्के

दाङको शान्तिनगर गाउँपालिकामा एकै दिन आज ८ जना निको भई घर फर्केका छन् । शान्तिनगर गाउँपालिकाले संचालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसालेसनमा उपचाररत ८ जनाको आज डिस्चार्ज भएको स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो।
यस्तै आज आज शान्तिनगर गाउँपालिकामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएका ३ जना संगै शान्तिनगरमा संक्रिय कोरोना संक्रमितको संख्या ७८ जना पुगेको छ ।
६ जनाको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार भइरहेको छ ।

साथै शान्तिनगर गाउँपलिका भित्र होम आईसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुरोध गरिएको छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा।केशब के।सीको सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयोजक हरि बहादुर पुनको नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएको छ ।