२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

खाली अक्सिजन सिलिण्डरको खोजी कार्यमा छौं : वडा अध्यक्ष बस्नेत

शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले खाली अक्सिजन सिलिण्डरको खोजी कार्यमा लागेको बताएका छन् । शान्तिनगरको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा अक्सिजन सिलिण्डर अभाव भएको भन्दै विभिन्न स्थानमा खाली अक्सिजन सिलिण्डर खोजी कार्यमा लागेको वडा अध्यक्ष बस्नेतले बताए । अक्सिजनको अभावमा संक्रमित विरामीको ज्यान नजाओस भन्ने उद्येश्यले ग्रिल उद्योग, ग्यारेज लगायत विभिन्न स्थानमा रहेका खाली सिलिण्डर लिने काम भइरहेको उनको भनाई छ । कुनै ठाउँमा खाली सिलिण्डर भएर उपलब्ध गराउन आग्रह समेत गरेका छन् ।

कोरोना संक्रमित वडावासीको अवस्थाको जानकारी लगायत हौसला दिने काम गरिरहेको वडा बस्नेतले बताए । सवै वडा सदस्यलाई परिचालन गरी आ– आफ्नो तथा नजिकका टोलमा कोरोनाको अवस्था बझ्ने काम भइरहेको छ ।
अक्सिजन अभाव हुन नदिन वडाले अक्सिजनले किन्ने योजना समेत बनाएको छ । देशमा अक्सिजनको अभाव हुँदा किन्न समस्या परेको उनको भनाई छ ।