२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

शान्तिनगरमा काेराेनाकारण थप १ जनाकाे मृत्यु

सांकेतिक तस्वीर ।

दाङकाे शान्तिनगर गाउँपालिकामा थप १ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । शान्तिनगर ५ रगैजा निवासी १ जना मिल व्यवसायीकाे मृत्यु भएकाे हाे ।
यस्तै आज शान्तिनगर गाउँपालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १७ जना डिस्चार्ज भएका छन् । आज थपिएका ४ जना संगै शान्तिनगरमा संक्रिय काेराेना संक्रमितकाे संख्या ६९ जना पुगेकाे छ ।
शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा.केशब के.सीकाे सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयाेजक हरि बहादुर पुनकाे नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।